युएईले हङकङलाई दियो १७७ रनको बलियो लक्ष्य
काठमाडाैं | कात्तिक १६, २०८०
तस्बिर फाइल
काठमाडौं: युएईले आइसिसी टी-२० विश्वकप एसिया क्षेत्र फाइनल छनोटमा हङकङलाई १ सय ७७ रनको बलियो लक्ष्य दिएको छ । माथिल्लो मुलपानी क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको युएईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७६ रन बनायो ।
युएईका बासिल हामिद २९ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ५१ रनमा आउट भए । कप्तान मोहम्मद वासिमले २४ बलमा ५ चौका र ३ छक्कासहित ४६ रन जोड्दै राम्रो सुरुवात दिलाएको थिए ।
एलिशान शराफु २४ बलमा २ चौका र २ छक्कासहित ३४ रनमा आउट भए । खालिद शाह ६, आसिफ खान ४ र वृत्य अरविन्द्य १९ रनमा आउट भए ।
हङकङका यासिम मुर्तजाले ४ ओभरमा १४ रन खर्चेर ३ विकेट लिए । नस्रुल्लाह राना ४ ओभरमा ४३ रन खर्चेर २ विकेट लिए । एहसान खानले ४ ओभरमा ४१ रन खर्चेर १ विकेट लिए । हङकङ सेमिफाइनलमा पुग्न यो खेल जित्नै पर्ने हुन्छ ।
नवलपरासी पूर्वको बिनयी त्रिवेणी गाउँपालिका–२ चौसठ्ठी मोडमा यात्रुवाहक बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। दुर्घटनामा १० जना घाइते भएका छन्। बिहान करिब ४ बजे नेपालगञ्जबाट...
पश्चिम नेपालबाट मनसुन बाहिरिएको छ। नेपाल मौसम विज्ञान विभागअन्तर्गतमो मौसम पूर्वानुमान महाशाखाले आज असोज १७ गते शनिबार बुलेटिन जारी गरी पश्चिमका केही प्रदेशबाट मनसुन हटेको जान...
पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरिरहेको ‘अप्रेसन ३६५’ अभियानअन्तर्गत विभिन्न स्थानबाट थप ११ वटा मोटरसाइकल नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय कास्कीका अ...

